एकैदिन अहिलेसम्मकै धेरै ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै पटक यति धेरैमा कोरोना देखिएको यो पहिलो पटक हो ।

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४२४ जना पुरुष र २४ जना महिलामा कोरोना संक्रमण देखिएको हो।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ८७७ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १६ जनाको मृत्यु भएको छ ।

चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना, वार्षिक २ हजार लिटर तेल उत्पादन गर्ने Read Previous

चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना, वार्षिक २ हजार लिटर तेल उत्पादन गर्ने

रिचार्जरबाट स्वास्थ्य सामग्री किन्दा मेगा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने Read Next

रिचार्जरबाट स्वास्थ्य सामग्री किन्दा मेगा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने