काठमाडौं। भारतमा कोरोना संक्रमण फैलिएका देशको सूचीमा चौथो स्थानमा पुगेको छ ।
युरोपमा कोरोनाको इपिसेन्टर बनेका स्पेन र बेलायतलाई पनि उछिन्दै भारत सर्वाधिक संक्रमण फैलिएको देशको चौथो स्थानमा उक्लिएको हो ।
शुक्रबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २८३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ८ हजार ५०१ पुगेको छ ।
बिहीबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित थएिका छन् । पछिल्लो साता भारतमा औसतमा दैनिक १० हजारभन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।
कोरोना संक्रमित धेरै हुने देशहरुमा अमेरिका, ब्राजिल, रसिया, भारत र बेलायत शीर्ष पाँच भित्र छन् ।