पसल खोल्न र निजी सवारी जोरबिजोरका आधारमा चल्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

 

बुधबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सबै खाले पसल खोल्न दिने निर्णय गरेको हो ।

 

यस्तै, बैठकले निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । बैठकले मोटरसाइकलसहित निजी सवारी साधन चल्ने दिने निर्णय गरेको हो।

 

अन्तिम नम्बर जोर भएका सवारी साधन जोर गते र र विजोर भएका सवारी साधन विजोर गते चलाउन दिने निर्णय भएको बताइएको छ । तर, सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न नदिने भएको छ ।

असार ७ गतेसम्म कर तिर्न सरकारले दिएको समयसीमा सर्वोच्चद्वारा खारेज Read Previous

असार ७ गतेसम्म कर तिर्न सरकारले दिएको समयसीमा सर्वोच्चद्वारा खारेज

चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाइयो, पहिलो चरणमा आजबाट के-के खुल्छन् Read Next

चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाइयो, पहिलो चरणमा आजबाट के-के खुल्छन्