कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

काठमाडौं। कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १४ पुगेको छ ।

 

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक बृद्धको निधन भएको हो।

 

वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो ।

 

उनी पहिलेदेखि नै बिरामी थिए । स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।

यातायात कार्यालयका चार प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा, ४२ करोड बिगो दाबी Read Previous

यातायात कार्यालयका चार प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा, ४२ करोड बिगो दाबी

कोरोनाको असर विश्व अर्थतन्त्रमा १ दशकसम्म रहने, शिथिल अर्थतन्त्रलाई कसरी पुनर्जीवित तुल्याउने Read Next

कोरोनाको असर विश्व अर्थतन्त्रमा १ दशकसम्म रहने, शिथिल अर्थतन्त्रलाई कसरी पुनर्जीवित तुल्याउने