थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

एकै दिन ३ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो दोस्रो पटक हो ।

 

नेपालमा हालसम्म ३६५ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १३ जनाको मृत्यु भएको छ ।

डीभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता Read Previous

डीभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

मेची-महाकाली विद्युतीय रेलमार्गको कामले गति लियो,  इनरुवा खण्डको काम शुरु Read Next

मेची-महाकाली विद्युतीय रेलमार्गको कामले गति लियो, इनरुवा खण्डको काम शुरु