काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा (ईडीभी) चिठ्ठाको नतिजा शनिबार राती सार्वजनिक हुँदैछ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समय अनुसार राति ९ः४५ बजेपछि डीभी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।
सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडीभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ ।गत मे ५ तारिकमा हुनुपर्ने डीभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि (जुन ६) मा सारिएको थियो ।
तावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।
यसरी हेर्नुहोस् नतिजा
नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ । डीभी परेररनपरेको हेर्न डीभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।
डीभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डीभीको नतिजालाई काठमाडौंका डीभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्।
ब्यूरो अफ काउन्सुलर अफेयर्सको वेबसाइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।
नतिजा चेक गरेको पैसा लाग्दैन। डीभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डीभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।
यदि नम्बर बिर्सेको खण्डमा पनि ‘फर्गेट कन्फरमेशन नम्बर’ मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।