क्वारेन्टिनमा बसेकालाई दैनिक २०० रूपैयाँ भत्ता

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक २०० रूपैयाँ भत्ता दिँदै आएको छ ।

 

यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २ सय रूपैयाँ भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।

 

डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाइएका क्वारेन्टिनमा सबै नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आ-आफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक २०० रूपैयाँका दरले भत्ता दिने गरिएको उनले बताए ।

 

अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टिनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिए । रासस

भूकम्पपीडितका ६ लाख ३४ हजार गुनासो फर्स्योट, चित्त नबुझे पुनरावेदनमा जान पाइने Read Previous

भूकम्पपीडितका ६ लाख ३४ हजार गुनासो फर्स्योट, चित्त नबुझे पुनरावेदनमा जान पाइने

लकडाउनमा निगमको २२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान, जेठभित्रै थप ४ चार्टर्ड उडान गर्दै Read Next

लकडाउनमा निगमको २२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान, जेठभित्रै थप ४ चार्टर्ड उडान गर्दै