थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं । नेपालमा शनिबार एकैदिन थप १६६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो । एकै दिन १ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार पाचौं दिन हो ।

 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन् ।

 

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १६५, प्रदेश नं २ मा ६२४, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २३, प्रदेश ५ मा ५६०, कर्णाली प्रदेशमा १२३ र सुदूरपश्चिम प्रदेशमा २७ जना कोरोना संक्रमित रहेका छन् ।

 

नेपालमा हालसम्म २२० जना कोरोना संक्रमित निको भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ ।

ट्रम्पद्वारा जी ७ बैठक स्थगित, भारतसहित अन्य देशलाई  सहभागी गराउनुपर्ने माग Read Previous

ट्रम्पद्वारा जी ७ बैठक स्थगित, भारतसहित अन्य देशलाई सहभागी गराउनुपर्ने माग

विद्युत् प्राधिकरणका ८ लाख ग्राहकले निःशुल्क बिजुली बाल्न पाउने Read Next

विद्युत् प्राधिकरणका ८ लाख ग्राहकले निःशुल्क बिजुली बाल्न पाउने