चीनले कोरोनाको खोप यही वर्षको अन्त्यसम्ममा तयार गर्ने, प्रतिवर्ष १२ करोड डोज उत्पादन गर्ने

चीनले आफूले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुनसक्ने बताएको छ ।

 

विश्वभरका मुलुकहरु कोरोना विरुद्धको खोप बनाउने दौडमा रहेका बेला चीन सरकारले यही वर्षको अन्त्यसम्म खोप तयार हुनसक्ने जनाएको हो ।

 

चीनका सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो ।

 

बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ । चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शुक्रबार सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको हो ।

 

वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर खोप बनाइरहेका हुन् ।

 

अहिले सो खोपको दोस्रो चरणको परीक्षण भएको छ । त्यसका लागि २ हजार भन्दा बढी मानिसलाई सो खोप दिइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ ।

 

कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् । खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र प्रभावकारी विकल्पका रुपमा लिइएको छ ।

 

गतको वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ६० लाख ५७ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये ३ लाख ७० हजार भन्दा बढीको मृत्यु भएको छ ।

एजेन्सी

असामान्य परिस्थितिमा परम्परागत बजेट ल्याइएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी Read Previous

असामान्य परिस्थितिमा परम्परागत बजेट ल्याइएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी

प्रभु बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी लिनुस् नयाँ खाता नम्बर Read Next

प्रभु बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी लिनुस् नयाँ खाता नम्बर