लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउन १२ दिनका लागि थप गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

 

यसअघि थपिएको लकडाउनको समयवधि मंगलबार सकिँदै छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको समयवधि थपेको यो सातौं पटक हो ।

 

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशमा कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकाले लकडाउनको अवधि लम्ब्याइएको बताइएको छ ।

 

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यस्तै, दोस्रो पटकमा त्यसलाई लम्ब्याउँदै चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

 

तेस्रो चरणमा बैशाख ३ गतेसम्म घोषण गरेको थियो भने चौथो चरणमा वैशाख १५ गतेसम्म पुर्‍याइएको थियो । त्यस्तै, पाचौं पटक वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको थियो भने छैटौं पटकमा जेठ २० गतेसम्म थपिएको थियो ।

 

हालसम्म नेपालमा १४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २१९ जना उपचारपछि निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

 

पछिल्लो समय देशका भिन्नाभिन्नै ठाउँमा कोरोना देखिने क्रम तीव्र रुपले बढेको छ ।

लकडाउनमा त्रिभुवन विमानस्थलको रनवे ३०० मिटर विस्तार, अब आइकाओको मापदण्ड पूरा हुने Read Previous

लकडाउनमा त्रिभुवन विमानस्थलको रनवे ३०० मिटर विस्तार, अब आइकाओको मापदण्ड पूरा हुने

असामान्य परिस्थितिमा परम्परागत बजेट ल्याइएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी Read Next

असामान्य परिस्थितिमा परम्परागत बजेट ल्याइएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी