एकैदिन थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । नेपालमा मंगलबार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ८८६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंसहित  धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार सप्तरीमा ११, झापामा १७, रौतहटमा ८, बागलुङमा ४, रुकुम पूर्वमा ३, दाङमा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

 

यस्तै, भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

नेपालमा हालसम्म १८३ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

बजेट भाषण बिहीबार दिउँसो ४ बजे Read Previous

बजेट भाषण बिहीबार दिउँसो ४ बजे

बजेट २०७७/७८: जनताको अपेक्षामा खतिवडाको विज्ञता परीक्षण हुने Read Next

बजेट २०७७/७८: जनताको अपेक्षामा खतिवडाको विज्ञता परीक्षण हुने