दुई व्यक्तिमा कोरोना देखिएपछि टोखा क्षेत्र सिल

काठमाडौं । टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।

 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए ।

 

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पीसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।

 

टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक प्याकेज ल्याउँछौं, कार्यविधि बन्दै छ  : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ) Read Previous

अर्थतन्त्र चलायमान बनाउन आर्थिक प्याकेज ल्याउँछौं, कार्यविधि बन्दै छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

विदेशबाट रेमिट्यान्स पठाउने प्रक्रिया खुकुलो, आफू काम गर्ने कम्पनीबाटै पठाउन मिल्ने Read Next

विदेशबाट रेमिट्यान्स पठाउने प्रक्रिया खुकुलो, आफू काम गर्ने कम्पनीबाटै पठाउन मिल्ने