प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका तीन घर सिल

काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।

 

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिए ।

 

ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए ।

 

सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।

 

कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो Read Previous

थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजार संक्रमित Read Next

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजार संक्रमित