काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा जनामा कोरोना पोजेटिभ देखिएको हो ।
देशका विभिन्न प्रयोगशालामा पीसीआर माध्यमबाट गरिएको परीक्षणमा उनीहरुमो कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म ७० जना कोरोना संक्रमित निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।