नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो, ७० जना निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ । शुक्रबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४, कैलालीमा ३ र डडेल्धुरा, मोरङ, बैतडीका एक÷एकमा कोरोना पोजेटिभ देखिएको हो ।

 

यसैबीच आज नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज-८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

 

योसँगै नेपालमा हालसम्म ७० जना कोरोना संक्रमित निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

कौशीमा तरकारी खेती गर्नेले  निःशुल्क बीउ र मल पाउने Read Previous

कौशीमा तरकारी खेती गर्नेले निःशुल्क बीउ र मल पाउने

लकडाउनका बीच धमाधम तार भूमिगत गर्दै प्राधिकरण, २६ किलोमिटर तार बिछ्याइयो Read Next

लकडाउनका बीच धमाधम तार भूमिगत गर्दै प्राधिकरण, २६ किलोमिटर तार बिछ्याइयो