काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनीहरु८ देखि ७४ वर्षसम्मका रहेका छन् ।
यसैबीच आज नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।
योसँगै नेपालमा हालसम्म ७० जना कोरोना संक्रमित निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।