उपत्यका प्रवेश गर्ने सबै नाका सिल, आरडीटी रिपोर्ट देखाएपछि मात्र प्रवेश गर्न पाइने

काठमाडौं । सरकारले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गरेकाे हाे ।

 

जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाका जनप्रतिनिधिहरुले  सरकारलाई उपत्यका प्रवेशमा रोक लगाउन आग्रह गरेका थिए । पछिल्लो समय उपत्यका संक्रमण बढेसँगै जनप्रतिनिधिको आग्रहलाई मध्येनजर गर्दै गृहले उपत्यका प्रवेश गर्ने नाका सिल गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको हो । गृहको यो निर्देशनसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ ।

 

गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।

 

नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउन भनेको छ ।

 

यदि अत्यावश्यक कामका लागि कुनै व्यक्ति उपत्यका प्रवेश गर्नुपर्ने भएमा त्यस्ता व्यक्तिले प्रवेश गर्नुपूर्व आफनो खर्चमा आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ प्रवेश अनुमति माग्नु पर्ने छ ।

 

पत्रमा काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ ।

 

नेपाल बैंकले ब्याजमा दियो २ प्रतिशत छुट, बेसरेटमै ऋण पाइने Read Previous

नेपाल बैंकले ब्याजमा दियो २ प्रतिशत छुट, बेसरेटमै ऋण पाइने

भारतले आगामी सोमबारदेखि आन्तरिक उडान सञ्चालन गर्ने Read Next

भारतले आगामी सोमबारदेखि आन्तरिक उडान सञ्चालन गर्ने