उपत्यकामा ५ सहित थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाका २४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ जना थपिएका छन् । जसमा काठमाडौंमा ३, ललितपुर र भक्तपुरमा १/१ जना रहेका छन् ।

 

यस्तै झापाका ९ जना, कपिलवुस्तका ४, सर्लाहीका २ जना, मनवानपुर, रामेछाप, सिन्धुली, मोरङ, सुनसरी, लमजुङ र नवलपरासीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

नेपालमा हाल संक्रमित भएका ४०२ जनामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भइसकेका छन् ।

विद्युत् प्रणाली स्तरोन्नति तथा विस्तारका लागि एशियाली पूर्वाधार बैंकले पौने १४ अर्ब ऋण दिने Read Previous

विद्युत् प्रणाली स्तरोन्नति तथा विस्तारका लागि एशियाली पूर्वाधार बैंकले पौने १४ अर्ब ऋण दिने

अब लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने Read Next

अब लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने