एकैदिन थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका ४६ जना पुरुष र एक महिला गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै,मोरङ, धनुषा, रौतहट, दाङ, गुल्मी, र धादिङमा १/१ जना गरी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

संक्रमितहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

 

नेपालमा हाल संक्रमित भएका ३५७ जनामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भइसकेका छन् ।

 

जापानको अर्थतन्त्र मन्दीतर्फ उन्मुख, अमेरिकामा मात्रै ३ करोड ६० लाख बेरोजगार Read Previous

जापानको अर्थतन्त्र मन्दीतर्फ उन्मुख, अमेरिकामा मात्रै ३ करोड ६० लाख बेरोजगार

काठमाडौंको बूढानीलकण्ठका नगरपालिका ३ ओटा वडा सिल गर्ने तयारी Read Next

काठमाडौंको बूढानीलकण्ठका नगरपालिका ३ ओटा वडा सिल गर्ने तयारी