काठमाडौं । नेपालमा एकैदिन थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या १९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बारामा १ जना, कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित सबै पुरुष रहेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालका १९१ जना संक्रमितमध्ये हाल ३३ जना निको भइसकेका छन् ।
