नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या १०९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका ३ जना, कपिलवस्तुका ३ जना र पर्साका १ जनामा कोरोना पुष्टि भएको हो ।

 

उदयपुरको भुल्केका १८, ४५, र ५६ वर्षीया महिला, कपिलवस्तुका एक जना १७, दुईजना १८ वर्षीय पुरुष र पर्साका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

 

संक्रमित सबैको अवस्था सामान्य रहेको छ भने उनीहरुलाई देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

नेपालका १०९ जना संक्रमितमध्ये हाल ३० जना निको भइसकेका थिए । तर, निको भएका ३ जनामा पुनः कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेप्से आइतबारदेखि खुले पनि कारोबार भने मंगलबारबाट हुने, कारोबार अवधि २ घण्टा मात्र Read Previous

नेप्से आइतबारदेखि खुले पनि कारोबार भने मंगलबारबाट हुने, कारोबार अवधि २ घण्टा मात्र

हिमालयले ल्यायो चीनबाट ७ हजार केजी स्वास्थ्य सामग्री, सेनाले चार्टर्ड गरेको नेपाल एयरलाइन्स ग्वान्जाओ उड्दै Read Next

हिमालयले ल्यायो चीनबाट ७ हजार केजी स्वास्थ्य सामग्री, सेनाले चार्टर्ड गरेको नेपाल एयरलाइन्स ग्वान्जाओ उड्दै