हटस्पट बन्दै नेपालगञ्ज : थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका संक्रमित संख्या ८२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ३ जना पुरुष र ४ जना महिला छन् ।

 

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

योसँगै नेपालगञ्जको एउटै वडामा संक्रमितको संख्या २३ पुगेको छ । यसअघि नेपालगञ्जमा शनिबार एकैैदिन १५ जनामा कोरोना पुष्टि भएको थियो ।

 

नेपालका ८२ जना संक्रमितमध्ये हाल १६ जना निको भइसकेका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एनआइसी एसियाले २% ब्याज छुटसँगै ऋणीलाई थप १०% सहुलियत दिने Read Previous

एनआइसी एसियाले २% ब्याज छुटसँगै ऋणीलाई थप १०% सहुलियत दिने

लकडाउन यता पौने ३ अर्बको औषधि आयात Read Next

लकडाउन यता पौने ३ अर्बको औषधि आयात