७ दिनका लागि कर्णाली प्रदेश सिल गर्ने निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै सिल गर्ने निर्णय गरेको छ ।

 

सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी प्रदेशका रूपमा रहेका प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो।

 

परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो निर्णयसँगै कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। यो निर्णयसँगै कर्णाली भित्रिने सबै नाकाहरु बन्द भएका हुन्।

 

नाका बन्द भएसँगै अब कर्णालीमा कोही पनि भित्रिन पाउन छैनन्। यस्तै निर्माण सामग्री र खाद्यान्न आयातमा पनि रोक लगाइएको छ।बैठकले प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको छ। स्थानीय तहका केन्द्र, प्रमुख बजार लगायतका क्षेत्रममा स्वास्थ्यकर्मीको टोली खटाइने छ।

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट, निर्यात ४ वर्ष यताकै कम Read Previous

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट, निर्यात ४ वर्ष यताकै कम

एनआइसी एसियाले २% ब्याज छुटसँगै ऋणीलाई थप १०% सहुलियत दिने Read Next

एनआइसी एसियाले २% ब्याज छुटसँगै ऋणीलाई थप १०% सहुलियत दिने