कोरोनालाई पाखा लगाउँदै ३ महिनापछि खुले भियतनामका विद्यालय

भियतनाममा तीन महिनापछि विद्यालयहरु खुला गरिएका छन् । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण विद्यालयहरु पनि बन्द भएका थिए । जसका कारण करिब २ करोड २० लाखभन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्‍चित भएका थिए ।

 

भियतनामका ६३ प्रान्तमध्ये १८ वटामा आजदेखि विद्यालयहरु खुला गरिएका छन् । अन्य ३० राज्यमा प्रारम्भिक विद्यालयहरु र किन्डरगार्डेनहरु खुला गरिएका छन् ।

 

राजधानी हनोई र अर्को सहर हो चि मिन्हका स्थानीय तहमा भने प्रारम्भि विद्यालय र किन्डरगार्डेनहरु अहिले खुला गरिएका छैनन् । भियतनाम न्युज एजेन्सीका अनुसार अधिकांश विद्यालयहरुले सामाजिक दूरी कायम गर्न कक्षाकोठाको पुनर्संरचना गरेका छन् । विद्यालयहरुले दूरी कायम गर्ने विषयमा समस्या भोगिरहेका छन् ।

 

अन्य केही विद्यालयले भने कक्षा सञ्‍चालनको समय परिवर्तन गरिएको छ भने अन्यले इन्टरनेट र टेलिभाइज्‌ड कक्षाहरु सञ्‍चालन गरिरहेका छन् ।
-सीएनएन

कोरोना प्रभाव न्यून गर्ने बजेट ल्याउने तयारीमा सरकार, डेढ खर्ब वैदेशिक सहायता ल्याउन सम्झौता Read Previous

कोरोना प्रभाव न्यून गर्ने बजेट ल्याउने तयारीमा सरकार, डेढ खर्ब वैदेशिक सहायता ल्याउन सम्झौता

सम्पूर्ण तारे होटल ६ महिना बन्द हुने, कर्मचारीले १२.५ प्रतिशत तलब पाउने Read Next

सम्पूर्ण तारे होटल ६ महिना बन्द हुने, कर्मचारीले १२.५ प्रतिशत तलब पाउने