किम जोन सार्वजनिक भएको भोलिपल्टै सीमा क्षेत्रमा गोली हानाहान

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् ।

 

दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो । पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए ।

 

जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुई पटक गोली प्रहार गरेको उनीहरुको थियो । दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भएपनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ ।

 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो । सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो ।

 

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ ।एजेन्सी

सडक पूर्वाधारका लागि २ खर्ब हाराहारी बजेट आवश्यक, राजश्व घट्दा बजेट कम आउने अनुमान Read Previous

सडक पूर्वाधारका लागि २ खर्ब हाराहारी बजेट आवश्यक, राजश्व घट्दा बजेट कम आउने अनुमान

महसुल संकलन नहुँदा विद्युत् प्राधिकरण समस्यामा, मासिक ६ अर्ब उठ्नुपर्नेमा ६० लाख मात्र उठ्यो Read Next

महसुल संकलन नहुँदा विद्युत् प्राधिकरण समस्यामा, मासिक ६ अर्ब उठ्नुपर्नेमा ६० लाख मात्र उठ्यो