भारतमा कोरोना संक्रमणको फैलावट तीव्र, संक्रमितको संख्या २८ हजार पुग्यो

भारतमा कोरोना संक्रमितको संख्या २८ नजिकपुगेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितहरूको संख्या २७ हजार ९७७ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

 

पछिल्लो २४ घन्टायता भारतमा १ हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतमा देखिएका संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल २० हजार ५७० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

 

कोरोना भाइरसको अत्यधिक संक्रमकको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।

 

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको बन्दाबन्दीलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउन थप गरेका थिए ।

स्थानीय तहमा व्यापक रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउँदै सरकार Read Previous

स्थानीय तहमा व्यापक रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउँदै सरकार

व्यवसायमा आउन सक्ने परिवर्तन र व्यवसायीको भविष्य : उद्यमी अञ्जन श्रेष्ठको विचार Read Next

व्यवसायमा आउन सक्ने परिवर्तन र व्यवसायीको भविष्य : उद्यमी अञ्जन श्रेष्ठको विचार