बिदेशबाट आएर काठमाडौं महानगर क्षेत्रमा बसेका सबैको आरडिटी नेगेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको आरडिटि (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) टेष्टमा सबै विदेशबाट आएकाहरुको रिपोर्ट नेगेटिभ पाइएको छ । महानगपालिकाले ३२ वटै वडामा २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका १ हजार १६ जना व्यक्तिहरुमा परीक्षणमा गरेको हो ।

 

महानगरले बैशाख ३ गतेदेखि १३ गतेसम्म आरडिटी परिक्षण गरेको थियो । सो अवधिभर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।

 

महानगरले बिदेशबाट फर्कने व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण हुन सक्ने सम्भावना सहित परीक्षण गरेको थियो । आरडिटि परीक्षणका लागि वडाले आफ्नो क्षेत्रबाट नामावली संकलन गरेको थियो । केही वडामा पहिलो पटकको परीक्षणपछि फेरि नाम प्राप्त भएकोले थप परीक्षणको प्रबन्ध गरिएको बज्राचार्यले भने ।

 

कागेश्वरी मनोहरास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ३ जनामा कोरोना संक्रमण देखिएपछि महानगरले प्रत्येक वडाबाट परिक्षण सुरु गरेको हो । सो अपार्टमेन्टमा बस्ने काठमाडौं महानगरपालिका वडा ५ का स्थायी बासिन्दा २०७६ चैत ९ गते बच्चाहरुको जन्म दर्ताका लागि वडा कार्यालय आएका थिए । बैशाख १ गते उनीहरुमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि बैशाख ३ गते वडा ५ का जनप्रतिनिधि र कर्मचारी गरी ३९ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

 

परीक्षणमा सबैभन्दा धेरै वडा ३१ का १ सय १९ जना विदेशबाट फर्किएका सहभागी भएका थिए । वडा नम्बर ३२ बाट १ सय १५ जना र वडा ४ बाट ५१ जना सहभागी भएका थिए । वडा नम्बर २० बाट भने परीक्षणका लागि कसैको नाम प्राप्त नभएको जनाइएको छ ।

 

वडा नम्बर ४ का ५१ जनाको आरडिटी परीक्षण गरिएको थियो । बैशाख ५ गते वडा नम्बर ९ का ३ जना, वडा १० का १३ जना, वडा ३१ का १ सय १९ जना र वडा ३२ का १ सय १३ जना मीनभवनस्थित ट्रलीबस परिसरमा परीक्षण गरिएको थियो । त्यसैदिन वडा १५ का ४८ जना सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लूमा परीक्षण गरिएको थियो । सो दिन २ सय ९६ जनाको परीक्षण भएको थियो ।

 

बैशाख ६ गते वडा १८ का १६ जना, १९ का ३ जना, २१ का ५ जना, २२ का १३ जना, २३ का ५ जना, २४ का ११ जना, २५ का १२ जना, २६ को १ जना र २७ का १२ जना गरी ७८ जनाको परीक्षण गरिएको थियो ।

 

७ गते वडा १६ का ८० जना, १७ का ८ जना, १५ का थप २ जना, २६ का ३२ जनासहित वडा १२, १३, १४ गरी १ सय ७६ जनाको परीक्षण सम्पन्न गरेको थियो । बैशाख ८ गते वडा ६, ७, ८, ९, १७ का व्यक्तिहरुमा परीक्षण गरिएको थियो ।

 

बैशाख १२ गते वडा नम्बर १, २, ३, १५, १७ र २६ का व्यक्तिका लागि परीक्षण गरिएको थियो । यसैगरी बैशाख १३ गते वडा ११, २८, २९, ३०, १२, १६ र ३२ मा परीक्षण गरिएको थियो ।

रोकिए प्रदेशका गौरवका सडक आयोजना Read Previous

रोकिए प्रदेशका गौरवका सडक आयोजना

कोरोनाको इपिसेन्टर भुल्केका कृषकले उत्पादन गरेको दूध नगरपालिकाले किन्ने Read Next

कोरोनाको इपिसेन्टर भुल्केका कृषकले उत्पादन गरेको दूध नगरपालिकाले किन्ने