काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २९८ जनामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
आज अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी २९६ जनाको टेष्ट गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५०० जना भन्दा बढी मानिस बस्दै आएका छन् । यहाँ रहेका सबैको र्यापिड टेस्ट गरी कोरोना संक्रमण रहे/नरहेको पत्ता लगाउनेगरी स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिएको छ ।