नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

सिरहाको कर्जन्हा नगरपालिकाले सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल तिर्ने निर्णय गरेको छ ।

 

नगरपालिका कार्यपालिकाको बैठकले कोभिड-१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।

 

यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि २० लाखको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगरप्रमुख गङ्गा पासवानले जानकारी दिए ।

 

त्यस्तै नगरपालिकाले विभिन्न वडाका अति विपन्न, दलित दुई हजार परिवारलाई परिवार सङ्ख्याको अनुपातमा चार जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा केजी स्वाबिन तथा चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दर राहत वितरण गरिएको नगरप्रमुख पासवानले बताए ।

राष्ट्र बैंकले तोक्यो ३ जना सम्पर्क व्यक्ति, कस्तो समस्या पर्दा कसलाई सम्पर्क गर्ने (फोन नं.सहित) Read Previous

राष्ट्र बैंकले तोक्यो ३ जना सम्पर्क व्यक्ति, कस्तो समस्या पर्दा कसलाई सम्पर्क गर्ने (फोन नं.सहित)

सनसिटीमा अपार्टमेन्टमा गरिएको र्‍यापिड टेस्टमा सबै रिपोर्ट नेगेटिभ Read Next

सनसिटीमा अपार्टमेन्टमा गरिएको र्‍यापिड टेस्टमा सबै रिपोर्ट नेगेटिभ