भारतले अर्को २० दिनसम्म लकडाउन थप्यो

भारतले देशमा २१ दिनदेखि जारी लकडाउन थपेको छ । उसले आगामी मे ३ सम्म लकडाउन बढाउने घोषणा गरेको हो । देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन् ।

 

भारतमा पछिल्लो समय तिब्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । यद्यपी सरकारले भाइरस फैलावट समुदायको स्तरमा नपुगिसकेको बताउँदै आएको छ ।

 

देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आएका थिए । उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए ।

 

भारतमा हालसम्म १० हजार भन्दा बढिका संक्रमण देखिएको छ । तर, यो भन्दा धेरै संख्यामा संक्रमणहरु समुदाय स्तरमा रहेको अनुमान गरिएको छ ।

 

प्रधानमन्त्री मोदीले लकडाउनलाई कडाइका साथ लागु गरिने बताएका छन् ।

 

भारतले यसअघि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो । उक्त समयमा भारतमा कोरोना संक्रमितहरुको संख्या ६ सय भन्दा पनि कम थियो ।

भाइरस संक्रमणमा केही कमी आउन थालेसँगै स्पेनको लकडाउन केही खुकुलो, ३ लाख कामदार काममा फर्किए Read Previous

भाइरस संक्रमणमा केही कमी आउन थालेसँगै स्पेनको लकडाउन केही खुकुलो, ३ लाख कामदार काममा फर्किए

कोरियाले नेपाली कामदारको भिषा ५० दिन थप्ने Read Next

कोरियाले नेपाली कामदारको भिषा ५० दिन थप्ने