काठमाडौं । चीनमा आइतबार १०८ जनामा कोराना भाइरसको संक्तमण देखिएकोछ । ५ हप्तापछि चीनमा संक्रमितको संख्या यति धेरै पहिलो पकट बढेको हो ।
आइतबार संक्रमण पुष्टि भएका सबै मानिसहरु विदेशबाट चीन फर्किएका थिए । ती मध्ये आधाभन्दा बढी मानिसहरु रुससँग जोडिएको उत्तरी प्रान्त हिलागजियाङ प्रान्तका रहेका बताइएको छ । उनीहरु सबै रुसबाट चीन फर्किएका थिए ।
कोराना भाइरस फैलिन सुरु भएको वुहान सहरमा लकडाउन हटाए पनि संक्रमित भेटिन छाडेका छैनन् । अहिले पनि संक्रमितको मृत्यु भइरहेको छ ।
हालसम्म चीनमा कोरोनाका कारण ३ हजार ३४१ जनाको मृत्यु भइसकेको छ भने ८२ हजारभन्दा बढी संक्रमित भएका छन् । जसमा साढे ७७ हजारभन्दा बढी निको भइसकेका छन् ।