काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समय अझै १ साता थप गर्ने तयारी गरेको छ ।
यसअघि थपिएको लकडाउनको समय २५ गतेदेखि सकिने र पछिल्लो समय नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेपछि सरकारले लकडाउनको लम्ब्याउने तयारी गरेको बताइएको छ । सम्भवत आज बस्ने मन्त्रीपरिषद्को बैठकले यसको निर्णय गर्ने बताइएको छ ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले पनि सरकारलाई लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको बताइएको छ ।
यसअघि सरकारले पहिलो चरणमा चैत ११ गतेदेखि १८ गतेसम्म र दोस्रो चरणमा चैत २५ गतेसम्म लकडाउन लागू गरेको छ ।
हाल नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने सरकारले पनि नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताइसकेको छ ।