अमेरिकामा विश्‍वकै २६ प्रतिशत कोरोना संक्रमित, यी हुन् सबैभन्दा धेरै प्रभावित १० देश

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण अहिले विश्व नै आक्रान्त बनेको छ । सन् २०१९ को अन्त्यतिर चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोनाको कहर अहिले विश्वका २०५ देशमा फैलिसकेको छ ।

 

विश्व स्वास्थ्य संगठनले सावधानी नअपानाउने हो भने लाखौं मानिसले ज्यान गुमाउने चेतावनी दिइसकेको छ । संयुक्त राष्ट्र संघले दोस्रो विश्व युद्ध यताकै कठिन समय भनेको छ । अहिले विश्वका ४ दर्जनभन्दा बढीले देशले घरबाट मानिस बाहिर निस्कन नदिन लकडाउन गरेका छन् भने् १२० भन्दा बढी देशले अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेका छन् ।

 

यूरोप, अमेरिका र एशियाली देशमा कोरोनाबा सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाको कारण अहिले (आइतबार बिहान) सम्म १२ लाख २ हजारभन्दा बढी संक्रमित भइसकेका छने भने ६४ हजार ७२९ जनाले ज्यान गुमाइसकेका छन् ।

 

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको छ अमेरिका । अमेरिकामा हालसम्म ३ लाख १२ हजार संक्रमित भइसकेका छन् । यो विश्वका कुल संक्रमितको २६ प्रतिशतभन्दा बढी हो । अहिलेसम्म साढे ८ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्ला दिनमा कोरोनाको संक्रमण दर तीव्र गतिमा बढेको छ । नयाँ संक्रमितको संख्या औसतमा दैनि ३० हजारभन्दा बढी छ ।

 

पछिल्लो दिनहरुमा मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढ्दै गएको छ । कोरोनाका कारण धेरै मृत्यु हुनेमा तेस्रो देश हो । पछिल्ला दिनहरुमा अमेरिकामा दैनि १ हजारभन्दा बढीको मृत्यु हुँदै आएको छ ।

 

कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै क्षति इटलीले व्यहोरेको छ । इटलीमा १५ हजार ३६२ जना मानिसको मृत्यु भएको छ भने १ लाख २४ हजार हजार ६३२ जना संक्रमित रहेका छन् । यस्तै, स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भइसकेको छ भने १ लाख २६ हजार १६८ संक्रमित भएका छन् ।

 

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका दश देशको संक्रमित र मृत्यु हुनेको संख्या यस प्रकार रहेको छ :

नोट :  माथि प्रस्तुत गरिएको तथ्यांक अप्रिल ५ आइतबार  बिहानसम्मको हो ।

नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश Read Previous

नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश

अमेरिकामा ५०० नेपालीमा कोरोनाको संक्रमण Read Next

अमेरिकामा ५०० नेपालीमा कोरोनाको संक्रमण