ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।

 

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिएका छन् । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए ।

 

फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए ।

 

कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताए । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

 

संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
एजेन्सी

कोरोनाको प्रभाव मूल्यांकन गर्न अध्ययन समिति गठन गर्ने तयारीमा अर्थमन्त्री Read Previous

कोरोनाको प्रभाव मूल्यांकन गर्न अध्ययन समिति गठन गर्ने तयारीमा अर्थमन्त्री

कोरोना कोषमा नेपाल लाइफको १ करोड सहयोग Read Next

कोरोना कोषमा नेपाल लाइफको १ करोड सहयोग