सातै प्रदेशबाट कोरोनाको परीक्षण शुरु

काठमाडौं । सरकारले कोरोना भाइरस (कोविड-१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आजदेखि थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

प्रदेश नं १ मा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मंगलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

 

प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वाग्मती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने आवश्यक तयारी भइरहेको छ ।

 

प्रवक्ता डा. देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरण सहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

कोरोनाले नंग्याइदिएको सरकारको कार्यक्षमता र हाम्रा निजी अस्पताल Read Previous

कोरोनाले नंग्याइदिएको सरकारको कार्यक्षमता र हाम्रा निजी अस्पताल

कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्न अब कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने Read Next

कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्न अब कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने