काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेको छ । सरकारले नेपाल राजपत्रमा प्रकाशित गरे अनुसार २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा परेका छन् ।
२०७७ सालमा ५२ वटा शनिबार परेका छन् भने अन्य १५ दिन विभिन्न पर्व तथा दिवसको अवसरका सरकारले सार्वजनिक बिदा दिएको छ ।२०७७ सालमा ५२ दिन शनिबार, दशैंको ५ दिन, तिहारको३ दिन र अन्य बिदा ७ दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक बिदा हुनेछ ।
२०७७ सालमा नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंको टीका कात्तिक १० गते र दोस्रो ठूलो चाड तिहारको भाइटीका मंसिर १ गते परेका छन् ।
कुन-कुन दिन सार्वजनिक बिदा
शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदूर दिवस, बैशाख २५ गते बुद्ध जयन्ती असोज ३ गते संविधान दिवस, कात्तिक ७ गते फूलपातीदेखि ११ गतेसम्म, कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटिकासम्म सार्वजनिक बिदा हुनेछ ।
यस्तै, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, र फागुन २७ गते महाशिवरात्रिको दिन, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक बिदा हुनेछ ।