काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित भेटिएका छन् । मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
ती व्यक्तिलाई अहिले शुक्रराज सरुवा रोग अस्पताल, टेकुको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ पुगेको छ । यसअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।यस्तै ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो ।
नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।