चैत २१ गतेसम्म सबै अदालत बन्द रहने

काठमाडौं । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ ।

 

प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

 

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संभावित जोखिमलाई मध्येनजर गर्दै सबै अदालत बन्द गरिएको हो । सरकारले पनि बुधबारदेखि २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएको छ ।

अब अत्यावश्यक अवस्थामा मात्र मापसे चेकिङ Read Previous

अब अत्यावश्यक अवस्थामा मात्र मापसे चेकिङ

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं Read Next

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं