काठमाडौंका यी स्थानमा लगातार ४ दिन बत्ती जाने

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आजदेखि लगातार ४ दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

 

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको कन्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले ४ गतेदेखि ७ गतेसम्म विहान ९ बजेदेखि साँझ ४ बजेसम्म बिजुली बत्ती जाने भएको छ ।

 

नेपाल विद्युत प्रधिकरणले सूचना जारी गर्दै उक्त फिडर अन्तर्गत फोर्सपार्क, विरेन्द्रचोक, गान्धिमोड, हात्तिडाँडा र एयरपोर्ट पछाडीको एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बत्ती नहुने बताइएको छ।

 

अपग्रेडिङ कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जनाएको छ ।

म्याग्दी खोलामा मलेशियाली कम्पनीको लगानी Read Previous

म्याग्दी खोलामा मलेशियाली कम्पनीको लगानी

बीमा समिति खारेज गरी शक्तिशाली प्राधिकरण स्थापना गरिने Read Next

बीमा समिति खारेज गरी शक्तिशाली प्राधिकरण स्थापना गरिने