काठमाडौं । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् सिटिइभिटीले ३ वर्षे डिप्लोमा तहमा भर्ना खुलेको छ । यस परिषद्का आंगिक, साझेदारी, सामूदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा इन इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, इन्फर्मेसन टेक्नाेलाेजी, होटल म्यानेजमेन्ट र सोसियल वर्क्स, नर्सिङ्ग, सामान्य चिकित्सा, ल्याव टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथी लगायतका प्राविधिक विषय अध्ययनका लागि भर्ना खुलेको हो ।
सिटिइभिटीले माध्यामिक शिक्षापरिक्षा एसईईमा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्युनतम सी ग्रेड प्राप्तगरेकाले (न्युनतम २ जीपीए ) स्वास्थ्यमा भर्ना हुन पाउँने जनाएको छ । त्यस्तै, इन्जिननियरिङ तर्फ गणित र विज्ञान विषयमा सी ग्रेड ल्याई अंग्रेजीमा कम्तीमा डी प्लस ग्रेड प्राप्त गरेका विद्यार्थीले आवेदन दिनसक्ने छन् ।
पूर्ण शुल्कमा अध्ययन गर्न चाहाने विद्यार्थीले साउन २२ गते बिहान सात बजेसम्ममा आवेदन दिनुपर्छ भने, छात्रवृत्तिमा अध्ययन गर्न चाहाने विद्यार्थीले साउन १८ गते बिहान ७ बजेसम्ममा फाराम भरिसक्नुपर्ने छ ।
प्रवेश परिक्षाको फारम भर्ने अन्तिम मिति साउन १२ गतेसम्म रहेको सिटिइभिटीले जनाएको छ ।