ट्राफिक प्रहरीद्वारा डेढ करोड बराबरको हराएको सामान फिर्ता

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले करिब १ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको हराएको सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । महाशाखाले चालू आर्थिक वर्षको फागुन १६ गतेसम्ममा उक्त रकम बराबरको सामान फिर्ता गरेको हो ।

 

महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी यात्राका दौरान सवारीसाधनमा सामान हराएर/छुटेर महाशाखामा निवेदन दिएका सम्बन्धित सामानधनीलाई उक्त रकम बराबरको सामान फिर्ता गरिएको जानकारी गराएको हो । फिर्ता गरिएको सामार्नेमध्ये २४ लाख ८९ हजार ९ सय ७२ रुपैयाँ बराबरको सामान ट्याक्सी चालक आफैले फिर्ता गर्न आएको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

 

प्रत्रकार सम्मेलनमा हराएका सामान आफैं फिर्ता गर्न आउने २१ जना ट्याक्सी चालकहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालद्वारा सम्मान गरेका छन् ।

 

चालू आर्थिक वर्षको फागुन १६ गते सम्ममा ३ सय ९५ जनाले ट्याक्सीमा सामान छुटेके निवेदन दिएका हुन् । ३ सय ९५ निवेदन परेका मध्य २ सय ८० जना व्यक्तिहरुको सामान फेला पारेर फिर्ता दिएको छ । ६३ वटा सामान छुटेका सवारी फेला परेका हुन् । ५२ वटा सामान छुटेका ट्याक्सी अझै फेला पर्न नसकेको नसकेको महाशाखाले जनाएको छ ।

 

फिर्ता गरिएका सामानहरुमा २ लाख ५० हजार नगद, १३ तोला सुनका गहना, विभिन्न कम्पनीहरुको ल्यापटप, क्यामेरा, मोबाईल फोन, घडि, आइफोन, सनका गरगहना, नगद रुपैयाँ, महत्वपूर्ण कागजपत्रहरु, सामानसहितको ब्याग, लगेज लगायतका सामानहरु रहेका छन् ।
महाशाखाको अनुसार १८ जना विदेशी नागरीकको सामान फेला पारी उनीहरुलाई जिम्मा लागाइएको छ ।

विश्वमा धेरै उखु उत्पादन गर्ने राष्ट्रमा नेपाल ३३ औँ स्थानमा, कति क्षेत्रफलमा हुन्छ खेती Read Previous

विश्वमा धेरै उखु उत्पादन गर्ने राष्ट्रमा नेपाल ३३ औँ स्थानमा, कति क्षेत्रफलमा हुन्छ खेती

चौतारी र आरम्भलाई मर्ज हुन राष्ट्र बैंकको स्वीकृति Read Next

चौतारी र आरम्भलाई मर्ज हुन राष्ट्र बैंकको स्वीकृति