काठमाडौ । भोलि शनिवार काठमान्डौमा ९ घण्टा बत्ति जाने भएको छ । चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने क्रममा बिहान ७ बजे देखि बेलुका ४ बजे सम्म बत्तिको लाइन कटान गरिने भएको हो ।
महाराजगंज वितरण केन्द्रको धापासी फिडरबाट वितरीत लाइनको विद्युत आपुर्ती अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
महाराजगंज वितरण केन्द्रका धापासी फिडर अन्तर्गत वसुन्धारा सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुमा अवरुद्ध हुनेछ ।
प्राधिकरणले सुचना जारी गर्दै महाराजगंज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन विहान ७ बजेबाट दिउँसो ४ बजेसम्म ‘सट डाउन’ हुने जानकारी दिएको छ ।