ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त, अब क्यानडामा बस्ने सम्भावना

बकिङ्घम प्यालेसले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ। अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

 

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ। दरबारद्वारा जारी वक्तव्यका अनुसार ‘ड्यूक र डचिस अफ ससिक्स’ अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।

 

बकिङ्घम प्यालेसले यी दम्पतीको आउने दिनमा कस्तो सुरक्षा व्यवस्था हुनेछ भन्नेबारे टिप्पणी नगर्ने जनाएको छ। प्यालेसका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने जनाएको छ।

 

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको वरिष्ठ सदस्य को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए। राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्।

 

नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ। ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर फ्रोगमोर कटेजुको मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन्।

 

महारानीले भनेकी छिन्, ‘ह्यारी, मेगन र आर्ची (उनीहरूका छोरा) सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्। मलाई लाग्छ पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्‍यो। म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु।’

 

यद्यपि बकिङ्घम प्यालेसले यी दम्पतीको आउने दिनमा कस्तो सुरक्षा व्यवस्था हुनेछ भन्नेबारे टिप्पणी नगर्ने जनाएको छ। प्यालेसका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने जनाएको छ।

 

वक्तव्यमा भनिएको छ, ‘ससिक्सका ड्यूक तथा डचेसले महारानीको औपचारिक प्रतिनिधित्व नगर्ने बताए पनि उनीहरू सधैँ मर्यादाको ख्याल गरेर नै अघि बढ्नेछन्।’

 

-बीबीसी

नारायणगढ-बुटवल सडक निर्माणले गति लियो, १२ हजार रुख कटानको काम सुरु Read Previous

नारायणगढ-बुटवल सडक निर्माणले गति लियो, १२ हजार रुख कटानको काम सुरु

दोस्रो किस्ता लिने लाभग्राही एकजना पनि भएनन् Read Next

दोस्रो किस्ता लिने लाभग्राही एकजना पनि भएनन्