राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले आइतबार उक्त विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

ऊर्जामन्त्री खड्कालाई झड्का, जाँचबुझ समितिलाई काम गर्न सर्वोच्चकाे रोक Read Previous

ऊर्जामन्त्री खड्कालाई झड्का, जाँचबुझ समितिलाई काम गर्न सर्वोच्चकाे रोक

पोखरा-छेन्दु नियमित उडान हुँदै Read Next

पोखरा-छेन्दु नियमित उडान हुँदै