पर्यटनमन्त्री योगेश भट्टराई सरिक ‘असंवेदनशिल’ कार्यक्रममा लगायो सिड्नी पुलिसले रोक

भ्रमण वर्षको तयारी र बजारीकरणका सन्र्दभमा हास्यास्पद योजनाहरु अघि सारेर आलोचित भइरहेका पर्यटन मन्त्री योगेश भट्टराई फेरी एकपटक चर्चामा आएका छन् । भिषण आगलागीको चपेटामा परिरहेको अष्ट्रेलियामा भ्रमण वर्षको प्रर्बद्धन गर्न गएका मन्त्री भट्टराइको सामाजिक सञ्जालमा एक पटक फेरी आलोचना भएको हो ।

 

यसैबिच अष्ट्रेलियाको सिड्नी सहरमा भ्रमण वर्षको प्रबद्र्धन स्वरुप आयोजना गरिएको र्‍यालीमा अष्ट्रेलियाका सुरक्षा अधिकारीहरुले हस्तक्षेप गरेर बन्द गर्न लगाएका छन् । र्याली गर्नका लागि आयोजकले पूर्वस्वीकृति नलिएका कारण सुरक्षा अधिकारीहरुले हस्तक्षेप गरेर बन्द गर्न लगाएका हुन् ।

 

र्‍यालीमा मन्त्री भट्टराइका अलावा अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश राज दहाल र बाणिज्य दुत दिपक खड्का र चन्द्र योञ्जनलगायत सहभागी थिए ।

 

न्यु साउथ वेल्सको प्रहरीले यो कुनै बिरोध कार्यक्रम नभएको र बिशुद्ध प्रबद्र्धन र आर्थिक लाभ सम्बन्धी कार्यक्रम भएका कारण पूर्वअनुमति बिना यस्ता कार्यक्रम गर्न नपाइने जनाएको छ । प्रहरीले र्‍यालीको आकार र सहभागी मानिसहरुको संख्याका कारण पैदलयात्रुहरुको सहज आवागमनमा बाधा पुगेकोमा पनि चासो व्यक्त गरेको छ ।

 

आयोजकको रुपमा रहेका लेखापाल दिला खरेलले आफुले यो कार्यक्रमको लागि स्वीकृति लिने प्रयास गरेर तर, स्वीकृति नपाएको जनाएका छन् । र, प्रहरीले कार्यक्रमको अनुमति नदिएको सबैलाई जानकारी पनि दिएको र त्यसपछि त्यस्तो र्‍याली नगर्ने निर्णय पनि भएको उनले बताएका छन् । तर, फेरी कसैले यो र्‍याली आयोजना गरेर मन्त्रीको हुर्मत र मानमर्दन गर्ने काम भएको उनको बुझाइ छ ।

 

अष्ट्रेलियाको बिभिन्न समुदायमा पनि देश विपतमा परेका बेला आयोजना गरिएको यस्तो असंवेदनशिल कार्यक्रमकोे बिरोध भएको छ ।

२०७७ जेठ अन्तिमबाट नागढुंगा सुरुङ खन्ने काम सुरु हुने Read Previous

२०७७ जेठ अन्तिमबाट नागढुंगा सुरुङ खन्ने काम सुरु हुने

ओपो, भिभो र शियाओमीद्वारा सहकार्य घाेषणा Read Next

ओपो, भिभो र शियाओमीद्वारा सहकार्य घाेषणा