काठमाडौं । ओखलढुंगामा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बिरामी बोकेर खोटाङबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिका-७ भडारेखोलामा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाकी ४५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सुमो चालक सुनसरी इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ ।