हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

काठमाडौं। सरकारले संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।एउटा अधिवेशन अन्त्य भएको ६ महिना नबित्दै अर्को अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

चक्रपथमा गुड्ने ७८ प्रतिशत गाडी प्रदूषण जाँचमा फेल Read Previous

चक्रपथमा गुड्ने ७८ प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो, १ लाख कित्तासम्म भर्न पाउने Read Next

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो, १ लाख कित्तासम्म भर्न पाउने