दक्षिण कोरियामा १८१ यात्रु सवार जहाज विमानस्थलभित्रै दुर्घटना

काठमाडौं । दक्षिण कोरियामा विमानस्थल भित्रै जहाज दुर्घटना भएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो ।

थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको जेजु एयरको विमान स्थानीय समय अनुसार ९ः०७ मिनेटमा दुर्घटनामा परेको हो ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए ।

सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए ।दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ ।

सरकारी स्वामित्वका संस्थालाई कर तिर्न महानगरको पत्राचार Read Previous

सरकारी स्वामित्वका संस्थालाई कर तिर्न महानगरको पत्राचार

धमाधम केबलकार निर्माण गर्दै आइएमई ग्रुप, सुदूरपश्चिममा पनि सुरू Read Next

धमाधम केबलकार निर्माण गर्दै आइएमई ग्रुप, सुदूरपश्चिममा पनि सुरू