काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी साइबर अपराधको कसुरमा गत मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।
अदालतले धरौटमा छाड्न आदेश दिए पनि प्रसाईं नछुट्ने भएक छन् । उनी माथि आपराधिक लाभ र संगठित अपराधको कसुरमा भने अनुसन्धान भइरहेको छ ।
विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।