जनकपुर बन्यो एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्ले अफमा पुगेको हो ।

जितसँगै जनकपुर १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ । जनकपुरले खेलेका ६ खेलमा ५ मा जित हात पारेको छ । जनकपुरले अब आफ्नो अन्तिम खेल अन्तिम खेल चितवन राइनोजसँग खेल्नेछ ।

काठमाडौंले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेटको क्षतिमा भेटाएको हो । जनकपुरलाई जिताउन जिम्मी निशनले १७ बलमा २९ रन बनाए । त्यस्तै, हर्ष ठाकर २५ बलमा २५ र मोहम्मद मोहसिन ७ बलमा ३ चौका प्रहार गरी १३ रनमा अविजित रहे ।

गुर्खाजबाट करण केसीले ३ ओभरमा १० रन खर्चेर २ तथा इरसमस, दीपेश कँडेल र शाहव आलमले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गुर्खाज १९.३ ओभरमा १०१ रनमा अलआउट भएको थियो । विराटनगरका लागि ललित राजवंशी र शेर मल्लले ३/३ विकेट लिए ।

गुर्खाजको ५ खेलमा यो तेस्रो हार हो । टोलीले २ खेल जितेको छ । आफ्नो अन्तिम २ खेलमा जितेमा गुर्खाजको प्लेअफ पुग्ने सम्भावना कायमै छ ।

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित Read Previous

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश, अर्को कसुरका कारण नछुट्ने Read Next

दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश, अर्को कसुरका कारण नछुट्ने